नेट आवर साईबर क्याफे

विविध रोचक तथा ज्ञानवर्धक सामाग्रीहरुको सङ्ग्रह

नमस्कार !!!

Posted by nethours on June 14, 2010

सर्वप्रथम यहाँहरुलाई स्वागत छ । यहाँहरु माझ विविध रोचक ज्ञानबर्धक सामाग्रीहरु खोजेर यसै ब्लग मार्फत शेयर गर्ने जमर्को गरेको छु, यस कार्यमा हजुरहरुले मलाई सक्दो सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु अर्थात, तपाईंहरु यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु हुन्छ भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः nethours@yahoo.com   or, gs_rai2005@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

           सच्चाइ अमर हुन्छ, यो उक्ति वास्तवमै सही छ । सूर्य उदाई दिन हुन्छ अनि रातका लागि चन्द्रमा हुन्छ । यो यथार्थ हिजो पनि सत्य थियो, आज पनि सत्य छ र भोलि पनि उत्तिकै सत्य हुनेछ । यो यथार्थ सदाको लागि सत्य अथवा सा“चो छ र यो सच्चाइ अमर हो ।

अनादि कालदेखि वर्तमान सम्म आइपुग्दा समयले जति फड्को मारिसकेको छ त्यति नै मानिसको जीवनशैली अनि त्यसको मूल्य र मान्यताहरू पनि परिवर्तित हुंदै आइरहेका छन् । हिजोका बुढाबाजेहरूको लागि चन्द्रमा मरेपछि पुगिने वैकुण्ठलोक थियो तर अहिलेका युवा पि“ढीका लागि चन्द्रमा जीवित हु“दानै भ्रमण गर्ने थलो हो । त यहा“ प्रश्न उठ्छ किन यो यथार्थ हिजो र आज उस्तै भएन ? के यो भोलि फेरि परिवर्तन हुनसक्छ ? अवश्य हुनसक्छ, किनभने यसमा सच्चाइ छैन । यसको सच्चाइ धेरै बिशाल छ । जसका लागि दिनदिनै अनुसन्धान भइरहेका छन् ।

चन्द्रमा, बैकुण्ठलोक हुनु केवल मानव–मस्तिष्कको एक काल्पनिक विश्वास हो । चन्द्रमा, भ्रमण–थलो हुनु मानव–मस्तिष्कबाट जन्मेको विज्ञानको एउटा नमूना हो । विज्ञान पनि अझ विकास हुने क्रममा नै छ । तर ती कुराहरूस“ग हाम्रो सम्बन्ध छैन । सम्बन्ध छ त, कुन कुरामा सच्चाइ प्राप्त भइसकेको छ र त्यसलाई पहिचान गरी कसरी सदुपयोग गर्ने भन्ने कुरास“ग ।

मानिसको जन्म हुन्छ अनि मृत्यु । यिनै जन्म र मृत्युको बीचमा रहेको समय अन्तराललाई नै जीवन भनिन्छ । जीवन दुई प्रकारका हुन्छन्– एउटा आत्मिकी र अर्को शारीरिक जीवन । भौतिकवादमा नै रहेर कुरा गरिरहेको हुनाले केवल शारीरिक जीवनको मात्र चर्चा गर्छौं ।

धेरै मानिसहरूले जीवनको परिभाषा दिने क्रममा विभिन्न निचोडहरू निकालेका छन् । जस्तै ः जीवन एक सङ्घर्ष हो । के यो परिभाषाले सबै मानव जीवन समेट्छ त ? अवश्य समेट्दैन । जीवन केवल तिनीहरूको लागि सङ्घर्ष हो जसले सङ्घर्ष गर्न जाने वा बाध्य भए । तर ती मानिसहरू जो, जन्मैदेखि भौतिक सुख–सयलमा हुर्के र कहिल्यै सङ्घर्ष गर्नु परेन, उनीहरूको लागि चाहि“ जीवन के हो त ? आनन्द, मोजमज्जा, वा के ? यसरी आºनो—आºनो सोच, समझ र दृष्टिकोणबाट आºनो—आºनै किसिमले जीवनको व्याख्या र विश्लेषण गर्ने गर्छन् । के वास्तवमा त्यही हो त जीवन ? कदाचित होइन । तिनीहरू त केवल जीवन जिउने क्रममा सामना गर्नुपर्ने परिस्थितिहरू मात्र हुन् । जीवन त पूर्ण रूपमै रहस्यमय छ । यसको अर्थ केवल उसैले खुलाउन सक्छ जसले दिएको हो । तसर्थ, यति मात्र बुझौं कि जीवन भनेको जन्म र मृत्युबीचको समय–अन्तराल हो र यही समय–अन्तरालमा हा“स्नु पनि छ त रुनु पनि । दुःख–सुख, मिलन–बिछोड्, प्रेम–घृणा, झरी–बादल, चुनौती–सङ्घर्ष हरेक चीज भोग्नु पर्छ । यी सब भोगाइ अनिवार्यता हो । यसमा कुनै चुनाव९ऋजयष्अभ० नै छैन । न जन्ममा हाम्रो चुनाव छ, न मृत्युमा, न त जीवन जिउनुमा नै, किनभने जन्म लिए पछि जीवन जिउनै पर्छ । म मेरो जीवन जिउ“दिन भनेर यदि आत्महत्या गरियो भने यो अपराध हुन जान्छ । तसर्थ, जीवन जिउनै पर्ने हो भने किन व्यर्थै दुःख मानी जिउने ? जहिले पनि पीडामा नै किन बिताउने ? जित्नेहरूको पाराले शानका साथ किन नजिउने ?

हो † यो सत्य कुरा हो कि जीवन जिउनु, हाम्रो अनिवार्यता हो तर जीवन जिउने जुन शैली छ, त्यसमा पूर्ण रूपमा चुनाव गर्ने अधिकार हुन्छ । त्यही प्रकारको जीवन जिउ“दछौ, जुन प्रकारले चुनाव गर्छौ । तर यो चुनाव अथवा चुन्ने तरिका दुई किसिमका हुन्छन् – प्रत्यक्ष र अप्रतयक्ष । प्रत्यक्ष चुनाव भनेको, कुनै पनि कुरालाई आफ्नो चाहना अनुसार प्रत्यक्ष रूपमा चुन्नु हो भने अप्रत्यक्ष चुनाव भनेको कुनै पनि कुरालाई चुन्नु न,ै तर अप्रत्यक्ष रूपमा । जस्तै ः– तपाईं सिगरेट पिउनुहुन्छ भने तपार्इंले फोक्सोको रोग चुनिरहनु भएको छ । तपाईले रक्सी पिएर सवारी चलाउनु हु“दैछ भने दुर्घट्ना चुनिरहनु भएको छ । यस अर्थमा तपाई आङ्खनो जीवन जिउने सही चुनाव गर्न सामथ्र्यवान हुनुहुन्न । किनभने यो सजिलो छैन । यसका लागि सही र सत्य दर्शनको आवश्यकता छ । जसले सफल जीवन जिउने उज्यालो मार्ग देखाउ“दछ ।

हुन त यो जीवन–दर्शनको खोज–अनुसन्धान यो युगमा मात्र भएको होईन । यसको खोज त ऐतिहासिक काल देखिनै भएको हो । अनि यसको बिषयमा विभिन्न ग्रन्थहरू प्नि लेखिएको पाइन्छ । बाइबल, कुरान, गीता, धम्मपद आदि धार्मिक ग्रन्थहरूमा पनि जीवन दर्शनको बिषयमा चर्चा गरेको पाइन्छ । त्यस युगमा महान् पुरुषहरूले ध्यान, अनुभव तथा अलौकिक शक्तिहरूको माध्यमबाट दर्शनहरू निकाल्ने गर्थे । यसरी उनीहरूद्धारा प्राप्त कतिपय चाहिं एकदम समसामयिक छन् । यसबाट यो प्रष्ट हुन्छ कि जुन विषय हिजो र आज जति महŒवपूर्ण छ, त्यो भोलिको लागि पनि उत्तिकै महŒवपूर्ण हुन्छ । किनभने त्यसमा सच्चाइ लुकेको हुन्छ । तसर्थ, सच्चाइ केमा लुकेको छ भन्ने कुरा हामीले छुट्टाउनु आवश्यक हुन्छ । यसको सही छनौट गर्ने गुण एकदम कमैमा मात्र हुन्छ । यसर्थ आङ्खनो ध्यान, अध्ययन, अनुभव र प्रभुको आशिष्द्धारा सकेसम्म छोटो, सरल तर सही अर्थ र मूल्यको जीवन–दर्शनको निचोड प्रस्तुत भएको छ । जुन सर्वब्यापक छ अर्थात संसारको कुनै पनि राष्ट्र वा परिस्थितिमा अपनाउन सकिन्छ । जीवन आफै सजाउनुहोस्, फुलाउनुहोस् अनि फलाउनुहोस् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.